तपाईंले गल्तिले कुनै महत्वपूर्ण फाइललाई डिलिट गर्नु भयो र त्यो फाइल RecycleBin बाट पनि डिलिट भई सक्यो भने के फेरी उक्त फाइल पाउन सकिन्छ ? अबस्य पनि, त्यसको लागि "Delete File Recovary" सफ्टवयर प्रयोग गर्नु पर्ने हुन्छ । फ्री मा डाउनलोड गर्न मिल्ने यो सफ्टवयर तपाईंलाई त्यस्तो अप्थ्यारो अवस्थामा लाभदायक सिद्द हुन सक्छ । यहाँ उक्त सफ्टवयर कसरी use गर्ने भन्ने बारे चित्र सहित instruction दिन खोजिएको छ ।(
सफ्टवयर डाउनलोड गर्न यहाँ क्लिक गर्नु होला )
१ सर्बप्रथम यो सफ्टवयरलाई आफ्नो कम्प्युटरमा Instal गर्नुहोस् र यो प्रोग्राम चलाऊनुहोस् ।
२ अब Next मा क्लिक गर्नुहोस्

३ तपाईंलाई के फाइल recover गर्नु पर्ने हो जस्तै : Pictures,Music,Documents,Video वा अरु त्यो छान्नुहोस् र Tick लगाउनुहोस् अनी Next मा क्लिक गर्नुहोस् ।

४ अब तपाईंको उक्त फाइल कुन location मा थियो तपाईंलाई याद छ भने त्यसको location म tick लगाउनुहोस् वा browse गरेर location दिनुहोस् , तर तपाईंलाई याद छैन भने I'm Not Sure मा tick लगाइदिनुहोस् र next मा क्लिक गर्नुहोस् ।

५ Start बटनमा क्लिक गर्नुहोस् । Enable Deep Scan लाई tick नगर्नुहोस् तर normal scan बाट तपाईंको deleted फाइल भेट्टाइएन भने चाँही Enable Deep Scan मा tick लगाइ स्टार्ट बटनमा क्लिक गर्नुहोस् ।

६ एकछिन पछि त्यहा डिलिट गरी सकिएका फाइलहरु देखिन्छन । अब तपाईंको त्यो महत्वपूर्ण (Recover) गर्नु पर्ने फाइल कुन हो त्यो फाइलमा tick लगाउनुहोस् र Recover बटनमा क्लिक गर्नुहोस् ।

७ फाइललाई कहाँ save गर्ने हो Location दिनुहोस् र ओके गर्नुहोस् ।

यसरी यो सफ्टवयरको प्रयोग गरेर तपाईंले सजिलै झुक्केर delete गरेको फाइललाई फेरी recover गर्न सक्नु हुन्छ ।
No comments: